मेची अस्पतालमा पहिलो पटक जोर्नी प्रत्यारोपण
भद्रपुर । झापाको भद्रपुर स्थित मेची अस्पतालमा पहिलो पटक जोर्नी प्रत्यारोपण (हिप आर्थाेप्लाष्टि) सफल रुपमा सम्पन्न भएको छ।
मेची अस्पताल भद्रपुरका अर्थोपेडिक कन्सल्टेण्ट डाक्टर प्रकाश कुमार श्रेष्ठकाे साथमा डाक्टर विजय भुजेल, डाक्टर रमेश श्रेष्ठ र एनेष्थेसिया डाक्टर प्राण श्रेष्ठको टोलीले दाहिने कम्मरको जाेर्नीको शल्यकृया सफल रुपमा सम्पन्न गरेका हुन् ।
फागुन ४ गते मोटरसाइकल दुर्घटनामा परि हल्दिबारी ४ निवासी ५५ बर्षिय सुरेन मेचेको दाहिने कम्मरको जोर्नी भाँचिएको थियो।
डाक्टर प्रकाश कुमार श्रेष्ठका अनुसार उक्त शल्यकृया गर्न अढाई घण्ट लागेको र यो जोर्नी प्रत्यारोहण मेची अस्पतालमै पहिलो पटक भएको समेत जानकारी दिए । डाक्टर श्रेष्ठ मेची अस्पतालमा विगत ५ बर्ष देखि हाड, जोर्नी तथा नशा विशेषज्ञको रुपमा कार्यरत छन् ।

