हनुमान टोल विकासको दोश्रोवार्षिक सभा सम्पन्न

भद्रपुर । भद्रपुर १० स्थित हनुमान टोल विकास संस्थाको दोश्रो साधारण सभाको अवसर पारेर टोलका दुई जना अग्रज व्यक्तित्वलाई सम्मान गरिएको छ ।

संस्थाका अध्यक्ष खड्गबहादुर बुढाथोकीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा टोलका जेष्ठ नागरिक कौशिला वराल र हिरादेवि सुवेदीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा भद्रपुर नगरपालिका सामाजिक विकाश शाखा प्रमुख जीवनकला राउत, संस्थाका सल्लाहकार संयोजक देवीचरण भण्डारी, त्रिवेण्ी टोल विकासका अध्यक्ष मुक्तिनाथ दाहाल, सिद्धार्थ टोल विकासका हरिकिशोर आचार्य, आदर्श टोल विकासका विष्णुप्रसाद काफ्ले, चन्द्रगढी खानेपानी उपभोक्ता समितिका सचिव वावुराम कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए भने संस्गाको वाषर््िक प्रगति विवरण अध्यक्ष बुढाथोकीले प्रस्तुत गरेका थिए ।