चन्द्रगढी सेवा समाजको स्थापनाको तेस्रो वर्ष प्रवेशको अवसरमा सरसफाई कार्यक्रम
भद्रपुर । झापाको सदरमुकाममा लक्षित गरेर समाज सेवाका विभिन्न गतिविधि गरिरहेको चन्द्रगढी सेवा समाजको स्थापनाको तेस्रो वर्ष प्रवेशको अवसर पारेर भद्रपुर १० स्थित धनुषमोड आसपास सरसफाई गरिएको छ ।
सेवा समाजका उपाध्यक्ष नयाँनाथ पाण्डेको नेतृत्व टोलीले मेची लोकमार्गको भद्रपुर १० स्थित सहिद चौकदेखि छाता चौकसम्मको एक किलोमिटर क्षेत्रमा सरसफाई गरिएको हो ।
विगत वर्षहरूमा विविध रचनात्मक कार्यहरू गरेर स्थापना दिवश मनाउँदै आएको समाजले यस वर्ष कोरोना संक्रमण तीव्र गतिमा रहेका कारण सरसफाई कार्यक्रम मात्र आयोजना गर्नु परेको कार्यक्रम संयोजन गरिरहेका उपाध्यक्ष पाण्डेले जानकारी दिए ।