संगठनको जिम्मेवारीमा इमान्दार रहने एस पी कार्कीको प्रतिबद्धता

भद्रपुर । भर्खरै सशस्त्र प्रहरी बल २ नंम्वर गणको नेतृत्व सम्हालन झापा आइपुगेका सशस्त्र प्रहरी उपरीक्षक प्रदीपसिंह कार्कीले संगठनको जिम्मेवारी इमान्दार भएर पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आफ्नो कार्य कक्षमा झापाका पत्रकारसित भेटघाट गर्दै उपरीक्षक कार्कीले गणमा रहँदा सीमा सुरक्षा, चोरी तस्करी नियन्त्रण गर्दै व्यवस्थित रूपमा संगठन सञ्चालन गर्ने बताएका हुन् ।

उनले खुला सिमाना रहेको झापामा व्यवस्थित बनाउन चोरी, तस्करी, लागुऔषध कारोवार जस्ता अपराध नियन्त्रणमा ध्यान केन्द्रित गरी जनमैत्री वातावरणका लागि काम गर्ने प्रष्ट पार्दै तेस्रो लहरको कोभिड १९ संक्रमण नियन्त्रणका लागि संगठनले पाएको सिमा व्यवस्थापन लगायत स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्ने जिम्मेवारी पूर्ण पालना गर्ने बताएका छन् ।

कार्कीले निर्माणका चरणमा रहेका वलका ६ वटा बीओपी भवन पूरा गर्दै झापाको भारतसित रहेको १४४ किमी खुला सिमाना व्यवस्थापनमा समेत ध्यान केन्द्रित गर्ने बताएका छन् ।

सशस्त्र प्रहरी वल २ नम्वर हेड क्वाटर झापाको नेतृत्वमा आइपुगेका कार्की वलको कैलाली शिक्षालयबाट सरूवा भएर आएका हुन् ।