झापामा कोरोनाको दोश्रो लहर, संक्रमितको संख्या २८२

भद्रपुर २ माघ । झापामा कोरोनाको दोश्रो लहर पश्चात सक्रिय संक्रमितको संख्या २ सय ८२ पुगेको छ । जसमा महिला १ सय २७ र पुरुष १ सय ५५ रहेका जिल्ला स्वास्थ्य कार्यालय झापले जनाएको छ ।

आज भद्रपुरस्थित मेची अन्चल अस्पताल र कनकाईस्थित कोटीहोममा ८५ जनाको परीक्षण गर्दा ५१ जनामा र जिल्ला बाहिर गरिएको परीक्षणमा २१ जनामा गरी ७२ जनामा पोजेटिभ पुष्टि भएको स्वास्थ्य कार्यलयले जनाएको छ । जसमा १८ बर्षमुनिका २० जना, १९-६० बर्षका २२ जना र ६१ बर्ष माथिका ३० जना रहेका छन् । यी मध्ये ३ जना अस्पताल भर्ना भएका छन् भने बाँकी होम आईसोलेसन्मा छन् । दोश्रो लहर पछि मृत्यु हनेको संख्या एक रहेको छ भने आज ३ जना डिस्चार्ज भएका छन् ।