केन्द्रीय सदस्यमा झापाकी महिला नेतृ गोमा भट्टराईको उम्मेदवारी घोषणा

भद्रपुर । नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि झापा जिल्लाकी सशक्त महिला नेतृ गोमाकुमारी भट्टराईले महिला तर्फको केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेकी छिन् ।

नेपाली काँग्रेस पार्टीको राजनीतिमा स्थानीय तहदेखि जिल्ला तहसम्मका विभिन्न पदको दायित्व बहन गरेकी भट्टराई सशक्त नेतृत्व गर्न सक्ने प्रदेश १ की कृयाशील महिला नेतृको पहिचान बनाएकी व्यक्ति हुन् ।

वि सं २०४९ सालमा नेपाली काँग्रेस चन्द्रगढी गउँ सभापतिको जिम्मेवारी लिएकी भट्टराई झापा जिल्लामा पहिलो पटक महिला गाउँ सभापतिको इतिहास रचेकी व्यक्ति समेत हुन् ।

२०३८ सालमा नेपाल विद्यार्थी संघको विद्यालय स्तरीय सचिवको जिम्मेवारीबाट काँग्रेस राजनीतिमा होमिएकी भट्टराई २०४६ साल यता हरेक परिवर्तनमा सशक्त नेतृत्व गर्दै लोकतन्त्रका लागि संघर्ष गरेकी व्यक्ति हुन् । अहिलेसम्म पार्टीको तर्फबाट कुनै लाभको पद समेत नलिएकी भट्टराई नेपाल बाल संगठन, अन्तर पार्टी महिला सञ्जाल, लगायत विभिन्न सामाजिक अभियानमा समेत नेतृत्व गरेर सेवाका काम समेत गरेकी व्यक्ति हुन् । महिला संघकी केन्द्रीय सदस्य समेत रहेकी भट्टराई पार्टीका स्थानीय , क्षेत्रीय हुँदै जिल्ला सदस्य समेतको दायित्व पूरा गरेकी उनी निरन्तर महाधिवेशन प्रतिनिधिको भूमिका समेत प्राप्त गरेकी व्यक्ति हुन् । नारी अधिकारका लागि स्थानीय स्तरदेखि केन्द्रसम्म बुलन्द आवाज उठाउँदै आएकी भट्टराई आफ्नो उम्मेदवारीलाई सार्थक बनाउने विश्वास व्यक्त गर्दै चुनावी मैदानमा उत्रन सफल भएकी छिन् ।