चन्द्रगढीमा हनुमान मन्दिर उद्घाटन

भद्रपुर । भद्रपुर १० चन्द्रगढी स्थित हनुमान टोलको पहिचान स्वरूप निर्मित हनुमान मन्दिर र मेची लोकमार्गका यात्रुका लागि निर्माण गरिएको यात्रु प्रतीक्षालयको उद्घाटन गरिएको छ ।

हनुमान मन्दिर र यात्रु प्रतीक्षालयको भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ तथा गोलोक गोर्वधन गौशाला सतासीधामका संरक्षक नन्दकिशोर सम्युक्त रूपमा उद्घाटन गरेका हुन् ।

टोलका बासिन्दाको पहलमा विभिन्न दाताहरुको सहयोग जुटाएर निमार्ण सम्पन्न गरिएको मन्दिर तथा प्रतीक्षालय निर्माणसंगै हनुमान टोल विकास संस्थाको पहिचान स्थापित भएको अध्यक्ष खड्गबहादुर बुढाथोकीले जानकारी दिए ।

हनुमान टोल विकास संस्थाका अध्यक्ष खड्गबहादुर बुढाथोकीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठ , भद्रपुर नगरपालिका वडा नं. १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी महाराज भारद्वाज, सामाजिक वयक्तित्व घनश्याम अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए भने सञ्चालन कमल अधिकारी तथा देवीमाया अधिकारीले गरेका थिए ।