महाधिवेशन प्रतिनिधिमा महिला नेतृ शर्मिला अधिकारीको उम्मेदवारी घोषणा

भद्रपुर । नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि झापा जिल्ला क्षेत्र नम्वर ३ बाट महिला महाधिवेशन प्रतिनिधिमा नेपाल महिला संघ झापा क्षेत्र नम्वर ३ की सभापति एवम् महिला नेतृ सर्मिला अधिकारीले उम्मेदवारी घोषणा गरेकी छिन् ।

नेपाल शिक्षक संघका विभिन्न जिम्मेवारी लिँदै पार्टी राजनीतिमा कृयाशील अधिकारी सशक्त नेतृत्व गर्ने महिला नेतृको पहिचान बनाएकी व्यक्ति हुन् ।

दक्षिणी झापाको उन्नतिका लागि विभिन्न सामाजिक अभियानमा समेत सामेल रहेकी अधिकारी उद्यमशील व्यक्तिका रूपमा समेत परिचय बनाउन सफल छिन् । तीन दशक लामो शिक्षण यात्रामा रहेकी उनी असल शिक्षको पहिचान बोकेकी व्यक्ति हुन् ।