सुरज खत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

भद्रपुर  । नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि झापा जिल्ला क्षेत्र नम्वर ३ बाट खुला महाधिवेशन प्रतिनिधिमा युवा नेता एवम कानुन व्यवसायी सुरज खत्री तिम्सेनाले उम्मेदवारी घोषणा गरेका छन् ।

विद्यार्थी राजनीतिबाट काँग्रेसको विचारधारामा २०४७ बाट निरन्तर लागि परेका खत्री बौद्धिक जगतले पार्टी नेतृत्वमा स्थापित हुनु पर्ने मान्यता बोकेर महाधिवेश प्रतिनिधिमा उम्मेदवारी घोेषणा गरेका हुन् ।

नेपाल बार एसोसिएसन झापा एकाईको अध्यक्षको कुशलता पूर्वक नेतृत्व सम्हालेका खत्रीले प्रजातान्त्रिक कानुन व्यवसायी एसोसिएसनको एक कार्यकाल सचिव, एक कार्यकाल अध्यक्ष भइसकेका व्यक्ति हुन् । कानुन व्यवसायी यात्रा २०५६ बाट सुरू गरेका खत्री नेपाल बार एसोसिएसन झापा एकाईको वर्तमान सल्लाहकार पनि हुन् ।

रोटरी क्लब अफ भद्रपुरका संस्थापक सचिव समेत रही विभिन्न सामाजिक संस्थामा आवद्ध हुँदै समाज सेवामा सकृय रहेका खत्री बौद्धिक व्यक्तित्व समेत रहेका छन् ।