महाधिवेशन प्रतिनिधिमा महिला नेतृ गोमा भट्टराईको उम्मेदवारी घोषणा
भद्रपुर । नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि झापा जिल्ला क्षेत्र नम्वर १ बाट खुला महिला सदस्यका लागि महाधिवेशन प्रतिनिधिमा महिला नेतृ गोमाकुमारी भट्टराईले उम्मेदवारी घोषणा गरेकी छिन् ।
काँग्रेस राजनीतिमा स्थानीय तहदेखि जिल्ला तहसम्मका विभिन्न पदको दायित्व बहन गरेकी भट्टराई सशक्त नेतृत्व गर्न सक्ने कृयाशील महिला नेतृको पहिचान बनाएकी छिन् ।
वि सं २०४९ सालमा नेपाली काँग्रेस चन्द्रगढी गउँ सभापतिको जिम्मेवारी लिएकी भट्टराई झापा जिल्लामा पहिलो पटक महिला गाउँ सभापतिको इतिहास रचेकी व्यक्ति समेत हुन् ।
२०३८ सालमा नेपाल विद्यार्थी संघको विद्यालय स्तरीय सचिवको जिम्मेवारीबाट काँग्रेस राजनीतिमा होमिएकी भट्टराई २०४६ साल यता हरेक परिवर्तनमा सशक्त नेतृत्व गर्दै लोकतन्त्रका लागि संघर्ष गरेकी व्यक्ति हुन् । अहिलेसम्म पार्टीको तर्फबाट कुनै लाभको पद समेत नलिएकी भट्टराई नेपाल बाल संगठन, अन्तर पार्टी महिला सञ्जाल, लगायत विभिन्न सामाजिक अभियानमा समेत नेतृत्व गरेर सेवाका काम समेत गरेकी व्यक्ति हुन् । महिला संघकी केन्द्रीय सदस्य समेत रहेकी भट्टराई पार्टीका स्थानीय , क्षेत्रीय हुँदै जिल्ला सदस्य समेतको दायित्व पूरा गरेकी उनी पूर्व महाधिवेशन प्रतिनिधिको भूमिका समेत प्राप्त गरेकी व्यक्ति हुन् ।