नेपाल भारत मैत्री संघद्वारा राहत वितरण
भद्रपुर । नेपाल भारत मैत्र संघ केन्द्रीय समितिले भद्रपुर स्थित मेची किनारमा बसोबास गर्दै आएका बाढी पीडित सुकुम्बासी बस्तीका ५६ परिवारलाई राहत स्वरुप खाद्यन्न वितरण गरेको छ ।
संघले यही कार्तिक पहिलो साता आएको अविरल वर्षाका कारण उत्पन्न बाढीले डुवानमा परी खाद्यन्न आभवमा रहेका सुकुम्बासी बस्तीका ५६ परिवारलाई खाद्यन्न प्रदान गरेको हो ।
संघका झापा अध्यक्ष प्रदिपमणि रेग्मीको अध्यक्षता तथा नेपाल भारत मैत्री संघका केन्द्रीय अध्यक्ष १ नम्बर प्रदेश सभा सदस्य ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उद्योग संघ झापाका अध्यक्ष यमबहादुर श्रेष्ठ, नेपाल भारत मैत्री संघ केन्द्रीय उपाध्यक्ष सैलेन्द्रकुमार झा, केन्द्रीय महासचिव बोधकृष्ण सुवेदी, संघका उदयपुर जिल्ला अध्यक्ष करुणा झा, भद्ररपुर ५ का वडाध्यक्ष बन्धु कार्की लगायतको उपस्थितिमा १५०,००० रुपैया बराबरको वितरण गरिएको जनाइएको छ ।