ज्ञानोदयको अध्यक्षमा गोपीकृष्ण निर्विरोध
भद्रपुर । ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भद्रपुर ८ को १२ औं वार्षिक सभाले गोपिकृष्ण न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय सर्वसम्मत नयाँ समिति चयन गरेको छ ।
चार वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा धनकुमारी खरेल लता, सचिव डिल्लीराम अधिकारी, सहसचिव सिता विमरी र कोषध्यक्षमा भगिरथ नेपाल चयन भएस्का हुन् । यसैगरी सदस्यहरूमा क्रमश˸ लक्ष्मीप्रसाद गौतम, देवेन्द्रबहादुर थापा, रमेशचन्द्र पौडेल, वडाराम हेमरम, सत्यरूपा पुरी, सोहनलाल गणेश रहेका छन् भने खड्गनारायण श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत गठन गरिएको छ ।
गोकुलराज न्यौपानेको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सभामा भद्रपुर नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठ, राष्ट्र सेवक सहकारीका अध्यक्ष वशिष्ठ अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए भने शेयर सदस्य सन्तती मध्ये विर्तामोडकी सृष्टि सुवेदी र भद्रपुरका अनमोल गुरागाईलाई नगद दुई हजार सहित पुरस्कृत गरिएको थियो । यसैगरी यस वर्ष सेवा निवृत्त भएका शेयर सदस्य १५ जना शिक्षकलाई सम्मान गरिएको थियो ।