बाह्रदशीमा निःशुल्क मोतिया विन्दु परीक्षण तथा शल्यकृया
बाह्रदशी । प्रस्ताविता बाह्रदशी जेसीज र बाह्रदशी मेडिकल सेन्टरको आयोजनामा बाह्रदशीमा निशुल्क आँखा शिविर सम्पन्न गरिएको छ ।
शिविरमा २८७ जनाको आँखा जाच गरिएकोमा ४३ जनाको आँखामा मोतियाबिन्दुको समस्या रहेको कारण अप्रेशन गर्नु पर्ने देखिएको छ । जसमा ३७ जनालाई आजै आँखा उपचारका लागि अस्पताल पुर्याइएको छ भने अन्यलाई तुरून्त उपचारका लागि लाने तयारी थालिएको आयोजकले जानकारी दिएको छ । आँखामा समस्या देखिएका सवै विरामीको निशुल्क उपचारको प्रबन्ध समेत मिलाइएको शिविर आयोजक जेसीजका उपाध्यक्ष सोमनाथ बजगाईले जानकारी दिए ।
प्रस्तावित बाह्रदशी जेसीजका अध्यक्ष विगम श्रेष्ठ र बाह्रदशी मेडिकल सेन्टरका संचालक महताव आलमको संयूक्त सभापतित्वमा सम्पन्न कार्यक्रम वर्क फर नेपाल, हेल्पीङ्ग हर्ट र विराटज्योति आँखा अस्पताल, दमकको सहयोग रहेको थियो ।
कार्यक्रममा वर्क फर नेपालका अध्यक्ष तिलचन्द्र अधिकारी, विराट ज्योति आँखा अस्पतालका नेत्र अधिकृत मोति बराल, नेत्र सहायक भूपेन बराल, समाज सेवी बुधु राजवंशी, देवी प्रसाद गणेश, गौरिशंंकर पोद्धार, गुफरान अली लगायतको आतिथ्यता रहेको कार्यक्रमको संयोजक स्वास्थ्य संयोजक जेसी डा. विवेक गौतम र संचालन महासचिव जेसी तिर्थ प्रसाद काफ्लेले गरेका थिए ।