हल्लाका कारण पेट्रोल पम्पमा भीड
भद्रपुर । पेट्रोल नपाइन हल्लाका कारण पम्पहरुमा अनावश्यक रुपमा भीड वडेको पाइएको छ ।
दशैं विदाका कारण २ दिन सम्म पेट्रोल आयत प्रभावित भए पछि वितरणमा देखिएको समस्यालाई आधार बनाएर ग्राहकहरुले पेट्रोल नआउनु भन्दै भीड वनाएर लाइन बस्न थालेका हुन् ।
मेची पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष नविन कोइरालाका अनुसार भारतिय डिपोबाट नेपाल तेल आयतमा २ दिन समस्य हुँदा बजारमा पेट्रोल अभाव भए पनि अहिले नियमित भए पश्चात समस्या नरहेको बताउछन् । उनले पेट्रोल सहज भई सकेकाले आवश्यकता भन्दा वढी संचितका लागि लाइन बसेर नलिन समेत अनुरोध गरेका छन् ।
यता लाइनमा बसिरहेका व्यक्तिहरु भने ३ दिन देखि पेट्रोल नपाएर बाध्य भएर जोहोका लागि लाइन बसेरै लिनु पर्ने बाध्यता बताउछन् ।