लागुऔषधसहित दुई जना पक्राउ

भद्रपुर । सशस्त्र प्रहरीले झापाको भद्रपुर र मेचीनगरबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पृथ्वीनगरले भद्रपुर नगरपालिका– ३ बाट बिर्तामोड नगरपालिका( १० सैनिकमोड निवासी ४४ वर्षीय मिलन गुरुङ्गलाई लागुऔषध र विदेशी रकमसहित पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ लुकिछीपी आउने क्रममा सशस्त्र प्रहरीले सीमामा रोकेर चेकजाँच गर्दा गुरुङ्गको साथबाट Eskuf  Cough Syrup – ४२ बोतल, Nitrazepam Tab – १० पत्ता र बिभिन्न १० मुलुकका विदेशी रकम फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डिएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिए ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सतिघट्टाले मेचिनगर नगरपालिका( ७ स्थित मेची पुल मुनिबाट पाँचथर जिल्ला मिक्लाजुङ्ग गाउँपालिका घर भई हाल झापाको कमल गाउँपालिका- ६ निवासी १९ वर्षीय दिवाना राईलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ लुकिछीपी आउँदै गरेको उनलाई शंकालागी चेकजाँच गर्दा ३ ग्राम ब्राउनसुगर बरामद गरिएको डिएसपी भण्डारीले जानकारी दिए । पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि नेपाल प्रहरीलाई बुझाइकसेको जनाइएको छ ।