दमकको कांग्रेस पार्टी कार्यालयमा चोरी

दमक । नेपाली कांग्रेस दमकको पार्टी कार्यालयमा चोरी भएको छ । दमक ५ स्थित कांग्रेस पार्टी कार्यालयमा गएराती अज्ञात समूहले तोडफोड गरि एक थान प्रिन्टर चोरी गरेको नगर सचिव प्रकाश प्रसाईले बताए । उनका अनुसार कार्यालयको पछाडिको चेनगेट तोडेर चोरीमा संलग्नले अफिस कक्ष तोडफोड गरि प्रिन्टर चोरी गरेका छन् । चोरीमा संलग्नले कार्यालयका दराज तथा अन्य कागजातहरुमा समेत क्षति पुरयाँएका थिए ।

कांग्रेस दमकको निर्वाचनको मुखमा चोरीको घटनाले थप शंका उत्पन्न गराएको पार्टी स्रोतको भनाई छ । चोरीको घटना लगत्तै कांग्रेसले इलाका प्रहरी कार्यालय दमकमा घटना बारे जानकारी गराएको सहसचिव दिपेश दाहालले बताए । प्रहरीले चोरी घटनाका बारे अनुसन्धान शुरु गरेको जनाएको छ ।