काँग्रेस अधिवेशनमा युवा विद्यार्थीको तर्फबाट सन्तोषको उम्मेद्वारी

भद्रपुर । नेपाली काँग्रेस भद्रपुर नगर समितिको आसन्न अधिवेशनमा युवा विद्यार्थीको तर्फबाट सन्तोषराज थापाले सहसचिवकोे उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाल विद्यार्थी संघको भद्रपुर नगर सभापति समेत रहेका थापाले नव युवालाई नेपाली काँग्रेससित जोड्न पदाधिकारीका रूपमा सहसचिवको दावेदारी सहित उम्मेदवारी घोषणा गरेका हुन् ।

२०६२÷६३ को आन्दोलनदेखि नेविसंघको विद्यार्थी राजनीतिमा शसक्त भाग लिएर राजनीति सुरू गरेका थापाले सवै कार्यकर्ताको भावना अनुरूप उम्मेदवारी घोषणा गरेको दावी समेत गरेका छन् ।

नेपाली काँग्रेसको भातृ संगठन नेविसंघमा सकृय रूपमा काम गरिरहेका थापा वर्तमान नगर सभापति समेत हुन् । उनी राजनीतिमा रहेर सवै नेता कार्यकर्तासंग परिचित रहेका व्यक्ति पनि हुन् ।