बक्सिन खेलकी एसिन विजेता नरिकाको भव्य स्वागत

भद्रपुर । एसियाली खेलकुद प्रतियोगिता अन्र्तगत हालै दुवैमा सम्पन्न जुनियर बक्सिन प्रतियोगितामा कास्य पदक विजेता नरिका राईलाई भव्य स्वागत सहित सम्मान गरिएको छ ।

भद्रपुर ९ घर भएकी १७ वर्षीया नरिकाले नेपालका विभागीय टोलीले समेत पदक हात नपारी फर्कर्न अवस्थालाई तोड्दै बक्सिन संघ झापाबाट प्रतिनिधित्व गरेर कास्य पदक जित्न सफल भएपछि संघले चन्द्रगढी विमान स्थलमा भव्य स्वागत गरेको हो । दुवै हुँदै काठमाण्डौबाट बक्सिन खेलका प्रमुख प्रशिक्षक दिपक महर्जन, प्रशिक्षक डम्बरबहादुर लिम्बू तथा टिम व्यवस्थापक तर्कराज राईले खेलाडी नरिकालाई लिएर हवाइजहाज मार्फत आएका थिए ।

स्वागत कार्यक्रममा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ, नेपाल बक्सिन संघका केन्द्रीय उपाध्यक्ष भोजराज सिटौला, संघका झापा अध्यक्ष सञ्जीव घोष सहितको खेल सम्बद्ध टोलीले स्वागत सहित सम्मान गरेको थियो ।

बक्सिन संघ झापाका अध्यक्ष सञ्जीव घोषको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपभल बक्सिन संघका उपाध्यक्ष भोजराज सिटौला, बक्सिन खेलका प्रमुख प्रशिक्षक दिपक महर्जन, प्रशिक्षक डम्बरबहादुर लिम्बू, टिम व्यवस्थापक तर्कराज राई लगायतले मन्तव्य राख्दै झापा बक्सिन संघका वर्तमान अध्यक्षको लगनशीलताले नरिका जस्ता गौरव बोकेका सवल बक्सिनका लेलाडी नेपालको गरिमा बनेको धारणा राखेका थिए ।