ब्राउन सुगरसहित २ महिला पक्राउ
भद्रपुर । झापाको ज्यामिरगढीस्थित सशस्त्र प्रहरी बल नेपाल बिओपिले ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपिका सप्रनानि यम प्रसाद दाहालको कमाण्डमा खटी गएको टोलीले उनीहरुलाई पक्रउ गरेको हो । पक्राउ पर्नेमा मोरङ्ग सुन्दर हरैँचा १० बस्ने वर्ष ३९ की बिमला ढकाल र झापा शिवसताक्षी नपा ७ बस्ने वर्ष २१ की निशा जोगी रहेका छन् । उनीहरुलाई झापाको मेचीनगर नपा १५ स्थित कालिका टि स्टेट क्षेत्रबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल बिओपि २ नं. बटालियनका कमाण्डर रमेशकुमार पाण्डेले बताएका छन् ।
पक्राउ परेको दुई जनाका साथबाट ब्राउन सुगर १६.१५ ग्राम र मोबाईल २ थान, नेपाली नगद रु १२ हजार १ सय ५।– नेपाली नागरिकता १ थान, डायरी १ थान सामानहरुसहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय झापामा बुझाएको पाण्डले बताए ।