अज्ञात समुहद्वारा महाकवि देवकोटोको प्रतिभा तोडफोड
भद्रपुर । झापाको भद्रपुर नगरपालिका वडा नं. ९ देवकोटा चौकमा रहेको महाकवि लक्ष्मी प्रसाद देवकोटाको प्रतिमा आइतबार राती अज्ञात समुहले तोडफोड गरेको छ ।
महाकवि देवकोटोको अर्ध कदको प्रतिमा टाउको र शरीर विच्छेद गरी जमिनमा रखिएको अवस्थामा सोमबार विहान भेटिएको देवकोटा स्मारक संरक्षण समितिका सचिव राजु बरालले जानकारी दिनु भयो ।
वि.सं. २०५१ सालमा स्थापना गरिएको महाकवि देवकोटाको सो प्रतिमा तोडफोडको घटना प्रति देवकोटा स्मारक संरक्षण समितिले खेल व्यक्त गर्दै दोषी उपर कडा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय, झापामा जाहेरी दिएको समेत बताउनु भयो ।