दल विभाजनको अध्यादेस स्थिर सरकारको लागि

दमक । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारले दल विभाजन गर्ने अध्यादेस स्थिर सरकारको लागी ल्याउनु परेको बताएका छन् । नेपाली कांग्रेस दमक नगर समितिको कार्यालयमा आज अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले अघिल्लो केपि ओली सरकारले ल्याएको अध्यादेश र अहिलको अध्यादेशमा आकाश जमिनको फरक रहेको बताए । अघिल्लो सरकारले अस्थिरताको लागी अध्यादेश ल्याएको बताउँदै उनले अहिले देउवा नेतृत्वको सरकारले मुलुकको स्थिरताको लागी अध्यादेश ल्याउनु परेको बताए ।

कांग्रेसलाई जनताले पाँच बर्षको लागी प्रतिपक्षमा बस्ने म्यान्डेट दिएको आफुले बारम्बार बताउँदै आएको भए पनि देश चलाउनु पर्नेले नचलाए पछि मुलुक सम्हाल्नको लागी कांग्रेस सरकारमा आउनु परेको पनि उनले प्रस्ट पारे । एमाले अध्यक्ष केपि ओलीले देशको प्राथमिकता नबुझेकाले सरकारबाट बाहिरिनु परेको भन्दै उनले नेपाली कांग्रेस निवेदन दिएर सरकारमा नआएको प्रस्ट पारे ।

नेपाली कांग्रेसको महाधिवेसनको सन्दर्भमा कुरा गर्दै अहिलेको महाधिवेसनबाट आगामि निर्वाचन जित्ने गरी नयाँ उर्जा लिएर आउनु पर्ने बताए । केन्द्रमा रहेका युवा नेतृत्वहरु विच जुन समुहबाट आए पनि पार्टिको सुद्धिकरण साझा संकल्प राखेको बताए । नेपाली कांग्रेसका क्रियासिल सदस्यहरु पार्टिको जरा भएको भन्दै जरा बलियो भएमा मात्रै रुख दरो हुने भएकोले क्रियासिल सदस्यहरु पार्टि निर्माणमा जुट्नु पर्ने बताए ।

नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापती ढुण्डीराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस बैकल्पिक केन्द्रिय सदस्य दिलिप राई लगायतले बोलेका थिए ।