झापामा सम्भावित सभापति उम्मेदवारको चर्चा
सन्दर्भ समाचारदाता
भद्रपुर । नेपाली कांग्रेसकोे १४ औं महाधिवेशन हुन गईरहेको छ । केन्द्रिय नेतृत्वकासाथै जिल्ला जिल्लामा पनि नेतृत्वको चासोले ब्यापकता लिदै छ । यसै प्रसङ्गमा झापामा पनि कांग्रेसको जिल्ला सभापति को ? भन्ने चर्चाले जिज्ञासा बढाएको छ ।
संशोधित विधान अनुसार यस पटक उद्धव थापा उम्मेदवार बन्न पाउदैनन् । लगातार दुई कार्यकालभन्दा बढी जिल्ला सभापति बन्न नपाउने कांगेसको संशोधित विधानमा उल्लेख छ । पार्टीमा दुई कार्यकाल लगातार जिल्ला सभापति बनिसकेका देशभरका २५ जनाको सूचीमा पर्छन थापा । यस अघि उनी एक पटक कांग्रेसका युवा नेता एवं हालका प्रवक्ता विश्वप्रकाश शर्मालाई हराएर पार्टीको जिल्ला सभापति बनेका थिए भने अर्को पटक सभापतिका अर्का आकांक्षी मानिएका आफ्नै टिमका देउमान थेवेलाई मनाएर निर्विरोध जिल्ला सभापति बनेका थिए । यसपटक उनको चासो केमा छ ? भन्ने आम कार्यकर्ताहरुमा जिज्ञासा छ ।
हुन त नेपाली कांग्रेसमा पहिलो पटक प्रदेश संरचना अनुसार कार्यसमिति बन्न लागेकाले धेरै जिल्ला कार्यसमितिमा बसिसकेका तर केन्द्रिय समितिमा पुग्न नसकेका नेताहरुको लागि प्रदेश कार्यसमितिको पदाधिकारीमा व्यवस्थापन गर्ने अवसर भएकाले नेता थापाले त्यसलाई उपयोग गर्न सक्ने अनुमान भने झापामा कांग्रेस कार्यकर्ताहरुले गरिरहेका छन । प्रदेश कार्यसमितिमा सभापतिसहित उपसभापति र महामन्त्री दुईरदुई, सहमहामन्त्री तीन र कोषाध्यक्ष एक जना पदाधिकारी रहने व्यवस्था छ । यसरी उद्धव थापा पछि अव झापामा सभापति को ? भन्ने जिज्ञासा उब्जिएको हो ।
आकांक्षी र रोलक्रमका हिसावले अहिले झापामा नेपाली कांगे्रसको सभापतिमा देखिएका अनुहारमा देउमान थेवे, बर्तमान उपाध्यक्ष राम कट्टेल, कोषाध्यक्ष केशवराज पाण्डे, बर्तमान जिल्ला प्रवक्ता लोकराज ढकाल आदि रहेका छन् पार्टीमा निडर र हक्की स्वभाव भएका सक्रिय नेताको पहिचान बनाएका देउमान थेवे, पार्टीमा सालिन र भद्र स्वभावको गुण भएका उपसभापति राम कट्टेल, महत्वकांक्षी क्रियाशिल युवा केशवराज पाण्डे, पार्टीहितमा दत्तचित्त भएर लागेका समाजसेवी लोकराज ढकाल सभापतिको आकांक्षामा अग्रपंतिमा देखापरेका छन् । यी नै अनुहारलाई यस पटक पार्टीको जिल्ला सभापतिका प्रमुख दाबेदारका रुपमा हेरिएको छ । कट्टेलले सामाजिक सञ्जाल मार्फत आफू जिल्ला सभापतिको उम्मेदवार बन्ने इच्छा व्यक्त गरिसकेका छन भने, कांग्रेस वृत्तमा थापा र थेवेबीच १४ औं महाधिवेशनमा थेवेलाई सभापति बनाउने भद्र सहमती भएको चर्चा पनि चलेको छ । थेवे भौगोलिक रुपमा झापा क्षेत्र नं ४ मा बस्छन । उनको सो क्षेत्रमा यस अघि पार्टी नेता स्व. चक्रप्रसाद बाँस्तोला, त्यसपछि नेता केशवकुमार बुढाथोकीको उपस्थितीले थेवेको अघि बढने बाटो छेकिएको थियो ।
झापामा सभापतिको टिकट कस्ले पाउँछ ? त्यो केन्द्रको हातमा छ । सम्भावित आकांक्षी उम्मेदवार मध्ये कस्को निधारमा केन्द्रले टिकट टाँसीदनेहो यसै अड्कल गर्न गाह्रो छ । मूलतः निबर्तमान हुन गइरहेका उद्धव थापा र नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला, विश्वप्रकास शर्मा, केशवकुमारबुढाथोकी, गोपालकुमार बस्नेत, सुधिर शिवाकोटी लगायतको आशिर्वाद कस्ले पाउने हो त्यो पनि उत्तिकै महत्वपूर्ण हुनेछ ।
कांग्रेसका प्रभावशाली नेता मानिने कृष्ण प्रसाद सिटौलाको गृह जिल्ला पनि भएकाले यहाँका नेता कार्यकर्ताहरुको व्यवस्थापनमा जहिलेसुकै नेता सिटौलाको भुमिकानै निर्णायक हुँदै आएको छ । हुन त अहिले कांग्रेस प्रवक्ता समेत रहेका युवा नेता विश्वप्रकाश शर्माको प्रभाव पनि झापामा देखिन्छ । त्यस्तै पार्टीको केन्द्रिय नेतृत्वमा पुगिसकेका र पूर्व मन्त्री समेत रहेका अर्का प्रभावशाली नेता केशवकुमार बुढाथोकीको भुमिकालाई पनि झापामा महत्वसाथ हेरिन्छ ।तुलनात्मक रुपमा यस अघिका अधिवेशन सम्म नेता सिटौलाको प्रभाव नेता शर्माको र बुढाथोकीको भन्दा बलियो मानिएको थियो । यसपटक भने के हुने हो यसै अनुमान गर्न सहज छैन । यता, शेरबहादुर देउवा हाल,प्रधानमन्त्रीसमेत बनेकाले उनका प्रियपात्र गोपालकुमार बस्नेतको सुधिर शिवाकोटीलाइ पनि झापामा सभापतिको टिकटबितरणमा नजरअन्दाज गर्न सकिदैन ।