झापामा ‘स्मार्ट लकडाउन कार्यविधि’जारी
भद्रपुर । झापामा आजबाट धेरै खकुलो पार्दै निषेधाज्ञा लागुभएको छ । यता कोभिड १९ संकट ब्यवस्थापन केन्द्रले आजदेखि लागू हुने गरी ‘स्मार्ट लकडाउन कार्यविधि’ जारी गरेको छ । जसअनुसार मुलुकलाई संक्रमण दर, मृत्युदर, स्वास्थ्य पूर्वाधारको अवस्था र बिरामीको चाप हेरेर रेड, एम्बर, एल्लो र ग्रीन जोनमा विभाजित गरिएको छ । सो कार्यविधिले तोकेको सुचकाकंका आधारमा झापा जिल्ला रेड जोनमा पर्दछ ।
रेडजोनमा समावेश भएका जिल्ला, पालिकामा पूर्णरुपमा निषेध गर्ने र अन्य रङलाई कार्यविधिका आधारमा निषेधाज्ञा खुकुलो बनाउने सीसीएमसीले जनाएको छ । यसअघि अनुमानको आधारमा लकडाउन हुन्थ्यो भने अहिले तथ्य र वैज्ञानिक ढंगले स्मार्ट लकडाउन हुने बताइएको छ । झापामा अहिले पनि कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजारभन्दा बढी छ । झापामा कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या ५१९ पुगेको छ ।
यस सम्बन्धमा, झापाका प्रमुखजिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाल,े झापामा आजबाट निषेधाज्ञा खकुलो बनाइएको भएपनि, कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको कार्यविधिले तोकेको सुचकाकंका आधारमा ‘स्मार्ट लकडाउन कार्यविधि’ पुरै जिल्लामा लागु नगरेर पालिकाहरुको संक्रमण अवस्था हेरेर लागु गरिने बताए । जसमा झापाका दमक, बिर्तामोड, मेचीनगर, भद्रपुर, कनकाई र अर्जुनधारा ६ वटा नगरपालिकामा कोरोना संक्रमण दर बढी देखिएकाले ‘स्मार्ट लकडाउन कार्यविधि’को मापदण्ड अपनाउन लगाउन, जिल्ला स्वास्थ्य कार्यालय झापालाइ निर्देशन दिइएको प्रजिअ तिमिल्सिनाले बताए ।