प्रविधिसितै इतिहास गासिएको एमरेल्ड एकाडेमी
भद्रपुर । पुरानो इतिहास बोकेको भद्रपुर नगरपालिकाको शैक्षिक विकासमा महत्वपूर्ण योगदान दिइरहेको एमरेल्ड एकाडेमी विशुद्ध प्राज्ञिक समूहको व्यवस्थापनमा सञ्चालित महाविद्यालय हो । बाल कक्षादेखि कलेजसम्म जोडिएर सञ्चालित यस महाविद्यालयले हजारौं योग्य तथा दक्ष नागरिक उत्पादन गरिसकेको छ । प्रदेश १ मा सञ्चालित निजी क्षेत्रका महाविद्यालयहरू मध्येमा उत्कृष्ट नतिजा दिने शिक्षण संस्थाको पहिचानमा अग्र स्थान बनाउन सफल यस संस्थाले निजी क्षेत्रबाट देशको शैक्षिक विकासमा अविस्मरणीय योगदान दिइरहेको छ ।
वि सं २०४३ सालमा स्थापना भएको यस महाविद्यालयले वि सं २०५४ बाट कक्षा ११ र १२ सञ्चालन सुरू गरेको थियो । मानविकी र व्यवस्थापन संकायबाट तत्कालीन उच्च मावि सञ्चालन भएको यस विद्यालयले २०५८ सालदेखि विज्ञान विषय थप गर्दै उच्च शिक्षामा निजी लगानी आकर्षण बढाउँदै विविएस समेत सञ्चालनमा ल्यायो । निजी लगानीमा नर्सरी कक्षादेखि कलेजसम्म सञ्चालन गर्ने भद्रपुरको पहिलो महाविद्यालयको इतिहाँस रचेको यस संस्थाले नाङ्ले व्यापार शैलीका निजी शिक्षण संस्थाका विकृत स्वरूप अन्त्य गराउन एक्लै प्रयास गरिरहनु परेको तीतो सत्य पनि जीवितै छ । गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता भन्ने मूल नारा सहित प्रमुख उद्देश्य लिएको यस विद्यालयले पढाइसित अतिरिक्त क्रियाकलापहरुमा पनि आफुलाई अब्बल भएको प्रमाणित गरिसकेको छ । सँधै सतप्रतिसत परिणाम ल्याउन सफल यस विद्यालयले कोरोनाकालमा पनि प्रविधिको उच्च प्रयोग गरेर आफुलाई भद्रपुरकै अब्बल र प्रविधिमैत्री विद्यालयको रुपमा चिनाउन सफल छ । यस विद्यालयले निरन्तर रुपमा प्रविधिको प्रयोग गरेर आफुलाई भद्रपुरकै पहिलो स्मार्ट स्कृल बन्न निरन्तर अग्रसर भै रहेको छ । समस्यानै आविस्कारको जननी हो भन्ने कुरालाई हृदयङ्गम गर्दै यस विद्यालयले आफुलाई कागजरहित बनाउदै डिजिटल प्रणालीमा ढाल्दै लगिरहेको छ । कोभिड १९ कालका संकटपूर्ण क्षणहरुमा यस विद्यालयले अनलाइन मार्फत विद्यार्थीलाई दिइरहेको शिक्षण प्रविधिमैत्री बनाउन सफल हुँदा आकर्षणको केन्द्र बन्न सफल भइरहेको अध्ययनरत विद्यार्थी बताउने गर्छन् ।
संस्थागत विद्यालय सेवामुखी संस्थाभन्दा मुनाफामुखी निकाय बन्दै जाँदा असल मनसायले सञ्चालित शैक्षिक प्रतिष्ठान समेत आलोचनाको घेरामा बाँधिनु पर्ने अवस्था आउँदो रहेछ । यसखाले प्रवृत्तिको जग खोजी गर्दा विशुद्ध व्यापारीको प्रवेशले संस्थागत विद्यालयले सेवाको बाटो भुलेर व्यापार मात्र समाएको अवस्था छ ।
यस महाविद्यालयले सेवा प्रवाहलाई मूल लक्ष्य राखेर अगाडि बढिरहेको छ । गुणस्तरीय शिक्षाप्रति प्रतिबद्ध यस प्रतिष्ठानमा कक्षा ११ र १२ मा व्यवस्थापन समूहका विजनेस, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, विज्ञान , कानुन र मानवशास्त्र समूहका विषयमा पढाइ भइरहेको छ भने विविएस कार्यक्रम पनि चलिरहेको छ । निकट भविष्यमा प्रयोगात्मक शैलीका व्यवसायिक धारका विषयहरू थप गर्ने तयारीमा रहेको सञ्चालक समिति अझ व्यापक प्रतिष्ठान बनाउन लागिरहेको छ ।
यस प्रतिष्ठानका बारेमा जानकारी दिँदै संस्थापक/प्रिन्सिपल तिलक प्याकुरेलको भनाइ छ —संस्थागत विद्यालय व्यापारमुखी होइन सेवामुखी बन्न सक्नु पर्दछ । विद्यालय विशुद्ध प्राज्ञिक व्यक्तिको नियन्त्रणमा रहन सकेन भने विकृति फैलन सक्छ । प्याकुरेलको भनाइ छ ।
त्यस्तै विद्यालयका प्रिन्सिपल दिगम्बरराज अधिकारीको भनाइमा प्रविधिमैत्री स्तरीय शिक्षण, दक्ष तथा अनुभवी अध्यापक रहेको एमरेल्ड एकाडेमी स्तरीय शिक्षालय हो । उनले कोभिड कालमा अन्य विद्यालयले दिन नसकेको शिक्षण सुविधा आफूले सहज रुपमा विद्यार्थीको भावना र चाहना समेटेर दिइरहेको प्रष्ट पारेका छन् ।