खोप लगाउन कुपनको ब्यवस्था
भद्रपुर । कोरोना बिरुद्धको खोप लगाउन कुपनको ब्यवस्था गरे पछि खोप केन्द्र थप ब्यवस्थीत भएको छ । झापाका पालिकाहरुले जोन्सन एण्ड जोन्सन कम्पनीको खोप लगाउन शुरु गरेका छन् ।
पालिकाले खोप लगाउन ५० देखि ५४ बर्ष उमेर समुहका नगरबासीलाई अग्रीम कुपनको ब्यवस्था गरेको छ । पालिकाले प्रत्येक वडाको जनसंख्याको आधारमा निश्चित खोप छुट्याइदिएको थियो सोही आधारमा वडाले कुपन बितरण गरे पछि खोप केन्द्र ब्यवस्थीत भएको मेचीनगर ९ का वडा अध्यक्ष गोपाल खड्काले बताए । ‘यस अघि खोप केन्द्र पनि थोरै थिए तर अहिले वडा वडामा नै खोप केन्द्र तोके पछि भिड कम भयो’ मेचीनगर ९ का वडा अध्यक्ष खड्काले भने, ‘कुपन बाँडेकाले झन सजिलो भयो ।’ खोप केन्द्रमा भिड कम गर्न कुपन प्रणालीले धेरै सजिलो भएको मेचीनगर ६ का अध्यक्ष ललित तामाङले बताए ।