झापामा आज ३३४ संक्रमित ५ को मृत्यु
भद्रपुर । झापामा आज कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाकाअनुसार ज्यान गुमाउनेमा ३ महिला र २ पुरुष रहेका छन् । यो संगै कोरोनाको दोश्रो लहरमा ज्यान गुमाउनेको संख्या ३०८ पुगेको छ ।
यसैगरी, जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार, आज झापामा पिसिआर परीक्षणबाट २६० र एन्टिजेन परीक्षणबाट ७४ जना गरी ३३४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । यसैगरी हाल झापामा १५४२ महिला र १६३० पुरुष गरी जम्मा ३१७२ कोरोनाका सक्रिय संक्रमित रहेका छन् । यी मध्ये १९५ जना अस्पतालमा र २९७७ होम आईसोलेसनमा रहेका छन् ।