मेची महाकाली बुहारी संयुक्त आवाजले हिंसा रोक्न बुझायो ज्ञापन पत्र

भद्रपुर । मेची महाकाली बुहारी संयुक्त आवाजले झापामा बढ्दै गएको महिला तथा बालबालिकामाथिको हिंसा रोक्न माग राख्दै जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापन पत्र बुझाएको छ ।

अध्यक्ष शिखा खड्का तथा उपाध्यक्ष गंगा भट्टराईको नेतृत्वमा गएको टोलीले पछिल्लो पटक झापाको विर्तामोडमा अर्धनग्न अवस्थामा मृत भेटिएकी विर्तामोडकी सिर्जना बस्नेत हत्या प्रकरणमा संलग्नको खोजी गरी कडा कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सेनालाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापन पत्रमा भनिएको छ  “महिला र बालबालिका हिंसाबाट बच्ने वातावरण प्रशासनले निर्माण गरोस् । हिंसकमाथि कडाभन्दा कडा कारवाही हुने अवस्था निर्माण होस् ।”

हिंसा बिरुद्ध विभिन्न चेतना मुलक प्लेकार्ड सहित पुगेका समूहका सदस्यहरुको टोलीले प्रजिअ तिम्सेनासित विर्तामोडकी सिर्जना बस्नेतका हत्याराको पहिचान गरी कारवाही गर्न माग समेत गरेका थिए ।