ब्राउन सुगरसहित एक युवक पक्राउ

भद्रपुर । प्रतिबन्धित ब्राउन सुगरसहित एक युवक बिर्तामोडबाट पक्राउ परेका छन् । अर्जुनधारा नगरपालिका ११ नयाँ बसपार्कमा अस्थायी प्रहरी विट बसपार्कबाट खटिएको प्रहरी टोलीले इलाम नगरपालिका ८ तिलकेनी बस्ने ३० वर्षीय दावा तामाङलाई पक्राउ गरेको हो ।

शङ्का लागेर चेकजाँच गर्ने क्रममा उनको साथबाट प्रहरीले १३ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो । उनलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।