अर्ध नग्न अवस्थामा युवतीको मृत शरीर
भद्रपुर । झापाको बिर्तामोड नगरपालिका सुगम पेट्रोल पम्प छेउमा सोमबार बिहान अर्ध नग्न अवस्थामा एक युवतीको शव फेला परेको छ । बिर्तामोड नगरपालिका वडा न ७ स्थित पूर्व–पश्चिम राजमार्ग अन्तरगत रहेको सुगम पेट्रोल पम्प देखि उत्तर एक युवतीको शब फेला परेको हो । अन्दाजी २६ वर्षीया सृजना बस्नेत अर्ध नग्न अवस्थामा घर अगाडि मृत फेला परेकी झापा प्रहरीले जनाएको छ ।
सानिमाको घरमा स–परिवार बस्दै आएकी सृजना घरको आँगनमा अर्ध नग्न अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । घटनाको विषयमा अनुसन्धान सुरु गरिएको प्रवक्ता थापाले बताए ।