सभापतिमा उम्मेद्वारी दिने सुजता कोइरालाको घोषणा

भद्रपुर । नेपाली कांग्रेको आसन्न १४ औं महाधिवेशनमा सुजता कोइरालाले आफू पार्टीको सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेकि छन् । गिरीजाप्रसाद कोइरालाको ९८ औं जन्मजयन्तीको अवसरमा जिपी फाउण्डेसन महिला विभागले आयोजना गरेको ‘वर्तमान अवस्थामा गिरिजाप्रसाद कोइरालाको भूमिका र महिला सहभागिता’ विषयक भर्चुअल कार्यक्रमको उद्घाटन गर्दै नेतृ कोइलालले पार्टी सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेकि हुन् ।

गिरिजाप्रसादकै पालामा महिला सहभागिताको सुनिश्चितता गरिएको स्मरण गर्दै नेतृ कोइरालाले हारजित जे भएपनि पार्टी सभापतिमा आफूले उम्मेद्वारी दिने बताएकि छन् । पार्टीका मुख्य पदमा महिलाको नेतृत्व स्थापनाका लागि पार्टीको विधान अझै अस्पष्ट हुनु दुःखद रहेको उल्लेख गर्दै संविधानका मर्म र भावना अनुसार पार्टीका पदाधिकारीमा पनि महिला सहभागिताको सुनिश्चितता गर्नुपर्ने बताइन । नेतृ कोइरालाले पार्टीभित्र महिलाको सहभागिता ५० प्रतिशत सुनिश्चित गर्नुपर्नेमा जोड दिईन ।

आरक्षणले सहभागिता बढाउने भएपनि क्षमता बृद्धि नहुनेतर्फ सचेत गराउँदै नेतृ कोइरालाले प्रतिष्पर्धा गर्नपनि तयार हुनुपर्नेमा जोड दिएकि छन् । देवा डाँगीले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा औचित्यमाथि प्रकाश कार्यक्रमका अध्यक्ष तथा जिपी फाउण्डेसनका महिला विभाग प्रमुख उमा शिवाकोटीले गरेकि थिईन ।