रोनाल्डोले कोकाकोला नपिउँदा
एजेन्सी
युरो कपको प्रि म्याच कन्फ्रेन्सका दौरान हंगेरीको बुडापेस्टमा पोर्चुगलका कप्तान रोनाल्डोले कोकाकोलाका दुईवटा बोतल हटाएर पानी पिए । यो घटनापछि कोकाकोलाको शेयर मूल्य ४ अर्ब डलरले घटेको छ ।
पोर्चुगलका कप्तान स्वास्थको निकै ख्याल राख्छन् । उनी जंक फुड तथा कार्बोनेटेड सफ्ट ड्रिक्ंस्बाटै टाढै रहन्छन् । युरो कपका अधिकारी प्रायोजक मध्येको एक कोकाकोलाले रोनाल्डोको कदमको जवाफ दिँदै मंगलबार विज्ञप्ति जारी गरेको छ । बिज्ञप्तिमा लेखिएको छ, ‘फरक आवश्यकता र स्वादका आफुले चाहेको पेय पदार्थ पिउन जो कोही स्वतन्त्र छन् ।’ यो घटनापछि कोकाकोलाको बजार मुल्य २ सय ४२ अर्ब अमेरिकी डलरबाट घटेर २ सय ३८ अर्ब डलरमा झरेको छ ।