झापामा आज ११ संक्रमित १ को मृत्यु
भद्रपुर । झापामा आज ३ गते ५७ महिलासहित ११६ जना संक्रमित थपिएका छन् भने १ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । ज्यान गुमाउनेमा एक पुरुष रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार झापामा अहिले सक्रिय संक्मितको संख्या २२१७ रहेको र आज २२७ जना डिस्चार्ज भएका द्धने भने मृत्यु हुनेको कुल संख्या ३१२ पुगेको छ ।
झापा जिल्लामा अझै पनि कोरोना संक्रमण उत्कर्षमा रहेको तथ्याङ्कले देखाएको छ । असार महिना लागे पछि तीन दिनमा मात्रै ८४६ जना नयाँ संक्रमित थपिएका छन भने उक्त अवधीमा १० जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार, असार १ गते २०८ जना नयाँ संक्रमित थपिएका ४ जनाको मृत्यु भएको छ भने असार २ गते २१२ जना कोरोनाका नयाँ संक्रमित थपिएका र उक्त दिन कोरोना संक्रमणकै कारण ५जनाले ज्यान गुमाएका छन् ।