मेची पक्की पुलभएर गलगलियासम्म सडक निर्माण सम्पन्न
भद्रपुर । झापाको भद्रपुरस्थित मेची नदीको पक्की पुल भएर भारतको गलगलिया बजारसम्म आउन जानको लागि पहुँच सडकको निर्माण भएको छ । भारत , बिहार सरकारले पहँच सडक निर्माण सम्पन्न भएको हो । तीन बर्ष अघि मेची नदीमा पक्की पुल बनाएपनि भारतसंग पहुँच सडक नहुँदा पुलबाट आउन जान ठूलो समस्या थियो ।
भारतको बिहार राज्यस्थित गलगलिया बजार क्षेत्रबाट करीब ६ सय ५० मिटर लम्बाईको डबल लेनको पक्की सडक र सो सडकमा पर्ने करीब ३० मिटरको पक्की पुल पनि निर्माण सम्पन्न भएपछि अब भारतबाट मेची पुलसम्म आउन र नेपालबाट भारत जाँदा हुने समस्याको समाधान भएको छ । पुलसम्मै करीब साढे आठ करोडको लागतमा कालोपत्रे सडक सहितको सानो पुल पनि बनेकोले अब यातायातमा सहज भएको गलगलियाका पूर्व मुखिया गणेश रायले वताका छन् ।
नेपाल भारत मैत्री संघ झापाका अध्यक्ष प्रदीपमणि रेग्मीका अनुसार नेपालमा बनेको मेची पुलसम्मै विहार सरकारलाई पक्की सडक बनाउन लगाउने काममा प्रदेश सांसद ओमप्रकाश सरावगी, भद्रपुरका मेयर जीवनकुमार श्रेष्ठकासाथै उद्योग संघ भापाका अध्यक्ष यमबहादुर श्रेष्ठ, भद्रपुरका पूर्व प्रमुख भारतेन्दु मल्लिक, उद्योग संघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकाल, मेचि क्याम्पसका पूर्व प्रमुख तथा नागरिक एफ एमका प्रवन्ध निर्देशक चिन्तामणी दाहाल लगायतको पहलमा यो सडक बनेकोे छ ।