विपन्न एकल महिलाको घर निर्माणमा अष्ट्रेलियावासी नेपालीहरुको सहयोग
दमक । झापाको शिवसताक्षी नगरपालिका वडा नं ११ दुधेमा नेपाली कांग्रेसद्धारा निर्माणाधिन अति विपन्न एकल महिलाको घर निर्माणमा अष्ट्रेलियामा रहेका नेपालीहरुले नगद सहयोग गरेका छन् ।
भीमाकुमारी चौधरी राई आवास जनसम्पर्क समिति अष्ट्रेलियाका तर्फबाट नेपाली कांग्रेसका महासमिति एवं महाधिवेशन प्रतिनिधि सन्तोष सिटौला,भिम लुइँटेल,निल थपलिया,नेत्र पौडेल महाधिवेशन पर्यवेक्षक एव क्रियासिल सद्स्य निरन्जन प्रसाईं,राजन सिटौला, रुपक राज मैनालीको तर्फबाट एकमुष्ट नगद ५५ हजार रुपैयाँ सहयोग प्राप्त भएको निर्माण समितिका संयोजक विनोद ढकालले जानकारी दिए । सो सहयोग रकम कांग्रेस महासमिति सदस्य नेत्र पौडेलले सोमबार घर निर्माणस्थललमा कांग्रेस नगर सभापति पर्शुराम ढुंगाना र निर्माण समितिका संयोजक ढकाललाई संयुक्त रुपमा हस्तान्तरण गरेका छन् । सो अवसरमा नगर सभापति ढुंगानाले सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
निर्माण समितिका संयोजक ढकालले ६ महिना अघिबाट शुरु भएको सो आवास निर्माण अन्तिम चरणमा पुगेको र असार भित्रैमा सम्पन्न गरी हस्तान्तरण गर्ने योजना रहेको बताए । घर निर्माणमा कतिपय दाताहरुले जिन्सी सहयोग समेत प्रदान गरेका कारण एकमुष्ट लागतको विवरण तयार पार्ने काम भइरहेको उनले बताए । घर हस्तान्तरणको अवसरमा घर निर्माणमा सहयोग गर्ने दाताहरु र भएको खर्चको विस्तृृत विवरण सार्वजनिक गरिने उनले बताए ।