असार ७ गतेसम्मको लागि निषेधाज्ञा लम्बियो

भद्रपुर । झापामा आज बसेको जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले असार ७ गते मध्यराती १२ बजेसम्मको लागि निषेधाज्ञा लम्बाउने निर्णय गरको छ । निषेधाज्ञा असार ७ गतेसम्म लम्बाए पनि केही खुकुलो भने बनाइएको छ ।

सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पालना गर्दै, खाद्यान्न, माछा मासु, तरकारी, फलफूल, हार्डवेयर, पुस्तक पसलहरू अब प्रत्येक दिन बिहान ६ बजेदेखि बिहान १० बजेसम्म खुलाउन बैठकले निर्णय गरेको छ त्यस्तै मल खाद, बिउँ विजन, कुखुराका चल्ला, दाना, पशुपक्षी आहार सम्बन्धी पसल बिहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाइने, मोटर वर्कसप बिहान ११ देखि २ बजेसम्म सञ्चालन गर्न पाइने, विकास निर्माण सामग्रीहरू ढुवानी गर्न सवारीसाधनहरूले बेलुका ७ देखि बिहान ६ बजेसम्म सञ्चालन गर्न पाउने र अत्यावश्यक सेवाहरू बाहेकका सबै प्रकारका सार्वजनिक एव निजी सवारीसाधन असार ७ गते सम्म सञ्चालन गर्न नपाउने लगायत निर्णय भएको प्रशासन कार्यालय झापाले जनाएको छ ।