करेन्ट लागेर एक वृद्धाको मृत्यु

भद्रपुर । झापाको अर्जुनधारामा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ३ निवासी ८२ बर्षीया गलमाया खड्का रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीका अनुसार बिहीबार दिउँसो ३ बजेर २० मिनेटमा आफ्नै घरको पानी तान्ने मोटर चलाउने क्रममा वृद्धा खडकालाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बिर्ता सिटी अस्पताल बिर्तामोड पु‍र्याए लगतै चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ । यता घटनाको विषयमा इलाका प्रहरी कार्यालय अनारमनि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।