निषेधाज्ञा पालना नगर्नेलाई भाटे कारबाही
भद्रपुर । निषेधाज्ञको पूर्ण पालना नगर्ने व्यक्तिलाई प्रहरीले भाटा हान्दै दुई घण्टा तातो घाममा राखेर छाड्ने गरेको छ । झापास्थित इलाका प्रहरी कार्यालय काँकरभिट्टाले काम बीना लखरलखर बाटोमा हिड्ने जो कोहि व्यक्तिहरुलाई पक्राउ गरी भाटा हान्दै दुई घण्टा तातो घाममा राखेर छाड्ने गरेको हो ।
निषेधाज्ञको पूर्ण पालना नगर्ने करिव २५० भन्दा बढी व्यक्तिहरुलाई इलाका प्रहरी कार्यालय नजिकै राजमार्गको होल्डमा २ घण्टा तातो घाममा राखेर अबदेखि काम बाहेक घरबाट बाहिर निस्केर लखर लखर नहिड्न सजायसहितको सुझाव दिएर पठाउने गरिएको डीएसपी सुनिल सिंह दाहालले बताए ।
काम बाहेक अनावश्यक घरबाहिर निस्कने, मोटरसाइकल, साइकल, सिटी, ट्याम्पो कुदाउने, पसल खोल्ने लगायतका व्यक्तिहरुलाई निषेधाज्ञ सुरु भएदेखि हालसम्म २५० भन्दा बढीलाई नियन्त्रणमा लिई तातो घाममा राखेर छाड्ने गरिएको उनले बताए ।