काकरभिट्टा नाकाका लागि होल्डिङ सेन्टर

भद्रपुर । झापाको काकरभिट्टा नाकाका लागि निर्माण गर्ने अर्ध स्थाइ प्रकृतिको होल्डिङ सेन्टर झापाको मेचीनगर वडा नं. १४ स्थीत दुवागढीमा निर्माण हुने भएको छ । कोभिड १९ संकट ब्यवस्थापन केन्द्र(डिसिसिएमसी) झापाको आज बसेको बैठकले मेचीनगर १४ स्थीत दुवागढीको हडिया खोलाको खाली जग्गाको दक्षीण तर्फबाट ४ बिगाहा क्षेत्रफलमा निर्माण गर्ने निर्णय गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताएका हुन् । ‘जग्गाको टुङ्गो लागेको छ’ प्रजिअ तिमिल्सिनाले भने, ‘अब तत्कालै निर्माणको कार्य शुरु हुन्छ ।’

करीब २२ करोडको लागत रहेको होल्डिङ सेन्टरको निर्माणको जिम्मा नेपाली सेनाले पाएको प्रजिअ तिमिल्सिनाले बताए । दुवागढीमा बन्ने होल्डिङ सेन्टर फेब्रिकेटेट हुने र अत्यन्तै ब्यवस्थीत हुने समेत प्रजिअ तिमिल्सिनाले बताए ।

१००० जना क्षमताको होल्डिङ सेन्टर निर्माणका लागि सघीय सरकार मार्फत नै काम अगाडी बढी सकेको छोटो समयमा नै तयार हुने बताइएको छ ।