ब्राउनसुगर र ट्याब्लेटसहित १ जना पक्राउ
भद्रपुर । लागुऔषध ब्राउनसुगर र ट्याब्लेटसहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले मंगलवार साँझ ६ बजे दमक नगरपालिका–५ घर भई शिवसताक्षी नगरपालिका–९ मा बस्दै आएका २२ बर्षीय निगम लिम्बुलाई लागुऔषध ट्याब्लेट सहित पक्राउ गरेको हो ।
मे ६ प ७५६९ नम्बरको स्कुटरमा सवार रहेका लिम्बुलाई रोकेर चेकजाँच गर्ने क्रममा लिम्बुको साथबाट लागुऔषध डाईजेपाम ९९ ट्याब्लेट र फेनारागन ९९ ट्याब्लेट बरामद भएको थियो ।