सजु बुढाथोकीलाई कोभिड भोलेन्टियर अवार्ड

दमक । ‘योगदान रास्ट्रको लागि’ नामक संस्थाले कोरोनाको संक्रमणमा पनि सामाजिक कामलाई सक्रियतापूर्वक निरन्तरता दिएको भन्दै दमककी सजु बुढाथोकीलाई कोभिड भोलेन्टियर अवार्डबाट सम्मान गरेको छ । काठमाडौंमा केन्द्रिय कार्यालय रहेको यो संस्थाले झापामा समेत शाखा विस्तार गरेर आफना गतिबिधिहरु सञ्चालनको क्रममा कोरोना संक्रमण उच्च रहेको समयमा काम गरेको थियो । संस्थाको उद्धेश्य र योजनालाई कार्यान्वयन गर्न सशक्त भुमिका निर्वाह गरेको भन्दै संस्थाकी झापा जिल्ला सचिव समेत रहेकी बुढाथोकीलाई हालै सो अवार्ड प्रदान गरेको बताइएको छ ।

झापाका १५ वटै पालिकामा पुगेर नगरपालिका र गाउँपालिकाद्धारा सञ्चालित कोभिड संक्रमितहरुका लागि बनाइएको आइसोलेसन सेन्टरमा रहेका बिरामीहरुलाई स्वास्थ्यबद्र्धक खानेकुरा र स्वास्थ्य सुरक्षाका सामाग्रीहरु उपलब्ध गराउन तथा निषेधाज्ञाका कारण समस्यमा परेका सर्वसाधारणलाई खानेकुरा वितरण गरेर उनले प्रशंसनिय काम गरेको भनि संस्थाले उच्च मुल्याङकन गर्दै सो अवार्ड प्रदान गरेको हो । संस्थाले प्रविधिको प्रयोग गरि जूम मार्फत आयोजना गरेको कार्यक्रममा संस्थाका अध्यक्ष ओम उप्रेतीले सो अवार्ड प्रदान गरे । उनीसंगै देशभरबाट सो संस्थाले ५ जनालाई त्यस किसिमको अवार्ड प्रदान गरेको संस्थाले जनाएको छ ।