सेजल कोइरालाको बलत्कार पछि हत्या

दमक । दमक ५ मा रहस्यमयी मृत्यु भएकी इलाम देउमाई ४ मंगलबारेकी सेजल कोइराला र हत्याका आरोपी अरुण राईबीच लिभिङ टुगेदर (संगैबस्ने गरेको) पाइएको छ । राई अढाई महिनादेखि सेजलको डेरामा संगै बस्दै आएको खुलेको हो । बुबा आमाले पठाएको खर्चमा पढदै आएकी सेजललाई प्रेम गरेको जस्तो देखाएर उनले शारिरिक सम्बन्ध समेत राख्ने गरेको पाइएको हो । अरुण र सेजलाबीच मायारप्रेम सम्बन्ध मात्रै नभएर संगै उठबस गर्ने गरेको देखिन्छ– इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले निष्कर्ष न्यूजसंग भने ।

गत २६ जेठको दिउँसो आफनै कोठाको वाथरुमको कम्बर्टमा भेटिएकी सेजललाई उनकी साथी समिक्षाले घटना भएको दिन बारबार फोन गरिन । समिक्षालाई सेजल र अरुणबीचको सम्बन्धबारे राम्रैसंग थाहा थियो । सेजलको मोवाइल रिसिभ नभएपछि उनले अरुणलाई फोन गरेर उनको मोवाइल रिसिभ नभएको भन्दै सेजल भएको कोठामा जान भनेकी थिइन । तर अरुणलाई थाहा थियो कि किन सेजलको फोन उठेन भनेर । तर पनि केही पत्तो नपाएजस्तो नाटक गर्दै सेजलको कोठामा गए । उनले त्यस अघिनै दिउँसो अरुणले बलात्कारपछि कोठामा बेहोस बनाएर कोठाको बाहिरबाटै ताल्चा लगाएर हिंडेका थिए ।

घटनाको प्रकृति र सम्भावनाबारे डिएसपी कार्की भन्छन– यदि समिक्षाले फोन गरेर अरुणलाई सेजलको कोठामा नपठाएकी भए त्यही रात सेजलको शवनै गायब बनाउने सम्मको प्लान हुन सक्छ । तर संयोगवश साथीको फोनका कारण हामीले अहिले उनको शव खोज्दै भौतारिनु परेको छैन । साथीको फोनपछि अरुणले अरुलाई झुक्याउनकै लागि भएपनि अस्पताल सम्म उपचारका लागि लगेको देखिन्छ । तर पोस्टमार्टम रिपोर्टले उनको बलात्कारपछि हत्या भएको देखाएका कारण प्रहरीले घटनाका संदिग्धलाई तत्कालै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो ।

अरुणका विरुद्धमा सेजलका अभिभावकले मंगलबार ९ हिजो० किटानी जाहरी समेत दिइसकेकाले बलात्कारपछि हत्याको कसुरमा थप अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न झापा जिल्ला अदालतबाट म्याद थपको आदेश लिइएको डिएसपी कार्कीले बताए ।

सेजल केही बर्ष यता लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत थिइन । उनी रेडयोलोजि बिषयको तेस्रो बर्षमा अध्ययनरत थिइन भने अरुण लागूऔषध प्रयोगको मुद्धामा यस अघिपनि प्रहरीको कारवाहीमा परेका २८ बर्षिय युवक हुन ।

उनी दमक ६ को एक घरमा बुबा आमासंगै बस्दै आएका थिए । करिब ५र६ बर्षदेखि अरुण लागूऔषधको प्रयोग र कारोबारमा समेत संलग्न थिए । उनका भाई रोजगारीका लागि दुवई गएका र आमाबुबाको सम्पूर्ण दायित्व उनलेनै निर्वाह गर्दै आएपछि अरुणले भने बुबाआमालाई समेत निक्कै हैरानी दिइरहेका पाइएको छ ।