समाचार

झापालाई ७ अर्ब १८ करोड ४४ लाख रुपैयाँ

सवै भन्दा बढी बजेट मेचीनगरलाई ७६ करोड ५२ लाख

भद्रपुर । आर्थिक वर्ष २०७८र ७९ का लागि झापा जिल्लाका पालिकाहरुलाई ७ अर्ब १८ करोड ४४ लाख रुपैयाँ विनियोजन गरेको छ । ८ वटा नगरपालिकाका लागि ४ अर्ब ५९ करोड २९ लाख विनियोजन भएको छ । जसमा सबैभन्द बढी मेचीनगरलाई ७६ करोड ५२ लाख बजेट छ । यस्तै, ७ वटा गाउँपालिकाका लागि सरकारले २ अर्ब ५९ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सबैभन्दा बढी कमल गाउँपालिकालाई ४८ करोड ३३ लाख बजेट छुट्टिएको छ ।

नगरपालिका

१. अर्जुनधारा नगरपालिका ४७ करोड ७१ लाख, २. कन्काई नगरपालिका ५८ करोड १८ लाख ३.गौरादह नगरपालिका ४८ करोड ५१ लाख ४.दमक नगरपालिका ७० करोड १७ लाख ५. विर्तामोड नगरपालिका ७० करोड १७ लाख ६.भद्रपुर नगरपालिका ५० करोड ०६ लाख ७.मेचीनगरपालिका ७६ करोड ५२ लाख ८. शिवसताक्षी नगरपालिका ५७ करोड ९७ लाख

गाउँपालिका

१.गौरीगंज गाउँपालिका ३४ करोड ८६ लाख २.कचनकबल गाउँपालिका ३८ करोड ८७ लाद ३. कमल गाउँपालिका ४८ करोड ३३ लाख ४.झापा गाउँपालिका ३४ करोड ८४ लाख ५.बाह्रदशी गाउँपालिका ३४ करोड १८ लाख ६.बुद्वशान्ती गाउँपालिका ३५ करोड ७६ लाख ७. हल्दिवारी गाउँपालिका ३२ करोड ३१ लाख