जेष्ठ नागरिकको भत्ता मासिक ४ हजार
काठमाण्डौं । सरकारले जेष्ठ नागरिकको भत्ता बढाएको छ । भत्ता बढाएर मासिक ४ हजार पुर्याइएको हो ।
आर्थिक वर्ष २०७८–०७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेल८ले सबै किसिमको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएको बताए ।
त्यसैगरी ज्येष्ठ नागरिकका लागि निःशुल्क औषधोपचारको व्यवस्था गरिने भएको छ । ज्येष्ठ नागरिक लगायत सबै प्रकारका सामाजिक सुरक्षा बापत आगामी आर्थिक बर्षका लागि १ खर्ब रुपैया विनियोजन गरिएको पनि उनले बताए ।