रङ्गी चङ्गी सगरमाथा आधारसिविर
—गगनराज न्यौपाने
सगरमाथा आधार सिविर । कोभिड–१९ महामारीका कारण अघिल्लो वर्ष सन् २०२० को पर्वतारोहण रोकियो । यतिखेर सन् २०२१ को वसन्त आरोहण उत्साहबर्धक रूपमा चलिरहेको छ । कोभिड महामारीको जोखिमबीच भइरहेको यस आरोहणबाट पनि विश्वभर चर्चा चुलिएको छm। भलै प्रतिकूल मौसमका कारण केहिदिनयता सगरमाथासहितका हिमाल आरोहण प्रभावित भएको छ । उल्लेख्य संख्याका आरोही अनुकूल मौसमको प्रतिक्षामा आधार शिविरमा पर्खिरहेका छन् । बंगालको खाडी नजिकै बनेको यास आँधीको प्रभावले नेपालको मौसम बिहीबारदेखि पुनः बिग्रियो । अहिले सगरमाथा आधार शिविरमा सगरमाथा, ल्होत्से र नुप्से गरी तीन हिमाल आरोहणका लागि बिदेशी तथा नेपाली गरी झण्डै ७०० आरोही प्रतिक्षारत छन् ।
दुईवर्ष अघिको सगरमाथा आरोहणमा आरोहीको जामको विषय चर्चित बन्यो भने यस पटकको सगरमाथा आरोहणमा हालसम्मकै सर्बाधिक आरोही समूहलाई आरोहण अनुमति (एक्सिपिडिसन पर्मिट) दिइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले सगरमाथाका लागि सर्बाधिक ४३ आरोही समूहका लाई आरोहण अनुमति दिएको छ । यो संख्या सन् २०१९ को वसन्त यामको भन्दा बढी हो । पर्यटन मन्त्रालयका अनुसार वसन्त यामको हिमाल आरोहणमा ७९ देशका ८६ आरोही समूहमा जम्मा ७७४ जना आरोहीले आरोहण अनुमति लिएका छन् ।
यतिखेर सगरमाथाको आधार शिविरमा माइनस (आठ डिग्रि हाराहारीको) तावक्रमको प्रवाह नगरी आरोही अनुकूल मौसमको प्रतिक्षरत छन् । कतिपय आरोही बिच बाटमोमा छन् । समुद्री सहतहदेखि पाँच हजार ३०० मिटर उचाईमा पर्ने खुम्बु क्षेत्रको सगरमाथा आधार शिविर रङगी चङ्गी पालले भरिभराउछन् । यस पटक विभागले आधार शिविरमा चिकित्सकको टोली पनि पठाएको छ ।