झापामा आज १३८ संक्रमित ७ को मृत्यु
भद्रपुर । आज झापामा १ महिलासहित कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका वडा ३ की ८४ बर्षिया महिला , वडा ७ का ६५ बर्षि पुरुष र वडा १० का ४६ बर्षिय पुरुष, भद्रपुर नगरपालिका वडा ८का ६५ बर्षिय र वडा ६का ३४ बर्षिय पुरुष रहेका छन् । यसैगरी गौरीगन्ज ३ का ६५ बर्षिय पुरुष र गौरादह २ का ५० बर्षिय पुरुष रहेका जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
यसैगरी आज झापामा ६४ महिला र ७४ पुरुषगरी १३८ जनामा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार झापामा हाल कुल सक्रिय संक्मितको संख्या ९६३२ रहेकामा ५५२८ जना डिस्चार्ज भएका छन् भने मृत्यु हुनेको संख्या २२० पुगेको छ ।