स्रष्टाहरूको आह्वान ः प्रतिगमनलाई परास्त गरौं
काठमाडौं । गत जेठ ७ गते राति प्रतिनिधिसभा विघटन गरी प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको अलोकतान्त्रिक, असंवैधानिक र अमानवीय कदममा बदनियतपूर्ण र अक्षम्य छ भन्ने ठहर गर्दै लोकतन्त्र, नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रता पक्षधर सवासय जति स्रष्टाहरूको तर्फबाट एक विज्ञप्ति जारी गरिएको छ । उनीहरूले यस निरङ्कुश र अधिनायकवादी कार्यका विरुद्ध एकताबद्ध भई विभिन्न माध्यमबाट प्रतिरोध गर्न र निरन्तर सजग रहन सम्पूर्ण सचेत नागरिक एवं स्रष्टाहरूलाई आह्वान गरेका छन् ।
‘नागरिक स्वतन्त्रता एवम् अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थामा मात्र सुरक्षित हुनसक्छ । यसका लागि स्रष्टाले विभिन्न कालखण्डमा ऐतिहासिक भूमिकाको निर्वाह गर्दै आएका छन् । यसै तथ्यलाई स्मरण गर्दै नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने प्रकारका कुनै पनि निरङ्कुश र अधिनायकवादी कार्यका विरुद्ध एकताबद्ध भई विभिन्न माध्यमबाट प्रतिरोध गर्न र निरन्तर सजग रहन समेत हामी सम्पूर्ण सचेत नागरिक एवं स्रष्टाहरूलाई आह्वान गर्दछौं देशमा मडारिहेको प्रतिगमनलाई परास्त गरौँ ।’ भन्ने बिज्ञप्तितमा उल्लेख छ ।
- नरहरि आचार्य
- वैरागी काइँला
- डा. ध्रुवचन्द्र गौतम
- बलदेव मजगैंया
- डा. बेञ्जु शर्मा
- पुरुषोत्तम बस्नेत
- प्रा।पुरुषोत्तम दाहाल
- डा. तुलसी भट्टराई
- डा. विष्णुविभु घिमिरे
- डा. विमल कोइराला
- तीर्थ श्रेष्ठ
- सनत रेग्मी
- दधिराज सुवेदी
- डा. बेञ्जु शर्मा
- मञ्जु काँचुली
- प्रा।डा. गोविन्दराज भट्टराई
- प्रा।डा. कुलप्रसाद कोइराला
- वियोगी बुढाथोकी
- धर्मेन्द्र झा साथै
- अशेष मल्ल
- अनुपमा रेग्मी
- अमृता स्मृति
- डा. ईश्वरमणि अधिकारी
- उत्तमकृष्ण मजगैंया
- उपेन्द्र सुब्बा
- उर्मिला थपलिया
- ऋषभदेव घिमिरे
- एकनारायण पौडेल
- कविराज न्यौपाने
- कलानिधि दाहाल
- डा. कुमार कोइराला
- कुमार भट्टराई
- कृष्ण धराबासी
- कृष्ण प्रधान
- कृष्ण बराल
- प्रा.डा. कुसुमाकर न्यौपाने
- केदार न्यौपाने
- केशव सिग्देल
- कोषराज न्यौपाने
- डा. गणेश घिमिरे
- गीता रेग्मी
- गीता कार्की
- गुरुराज घिमिरे
- गोकुल अधिकारी
- गोपाल भण्डारी
- गोपाल अश्क
- गोविन्दराज विनोदी
- जीवनाथ धमला
- ज्ञानु अधिकारी
- ज्ञानुवाकर पौडेल
- डा. ज्ञानु पाण्डे
- घनेन्द्र ओझा
- चन्द्र योङ्या
- चूडामणि नेपाल ‘अकिञ्चन’
- टीका सापकोटा
- टेकराज अवस्थी
- ठाकुर बेलबासे
- डिल्लीराम सुवेदी
- तोयाराज घिमिरे
- दामु मर्सिफुल
- दिनेशराज सुवेदी (दिंलाली कान्छो)
- डा. दुर्गा घर्ती
- देवकी अभिलाषी
- धर्मेन्द्रविक्रम नेम्वाङ
- धु्रव मधिकर्मी
- डा. नवराज लम्साल
- नन्दकृष्ण जोशी
- डा. नारायण खनाल
- डा. नारायण चालिसे
- नारायण सापकोटा
- निर्मला कोइराला
- पुष्ष्प अधिकारी ‘अञ्जली’
- पूर्णिमा प्रतिबिम्ब
- पौडेल बिमुन्स
- प्रकाश थाम्सुहाङ
- प्रह्लाद पोखरेल
- प्रेमप्रकाश मल्ल
- बलराम दाहाल
- बाबु त्रिपाठी
- भीष्म काफ्ले
- भोजराज न्यौपाने
- मञ्जु विमली
- मनोज न्यौपाने
- मनोजमणि आचार्य
- महेश प्रसाईँ
- महेश पौड्याल
- मिलन समीर
- मीनकुमार श्रेष्ठ नवोदित
- मुनाराज शेर्मा
- मोतीराज बम
- डा. रत्नमणि नेपाल
- राजेन्द्र गुरागाईँ
- राधिका गुरागाई
- रामगोपाल आशुतोष
- रामलाल जोशी
- रामहरि शर्मा
- प्रा.डा. लक्ष्मणप्रसाद गौतम
- वनमाली निराकार
- विजय वजिमय
- विनोद दाहाल ‘वत्स’
- विनोद चालिसे
- विपिन शर्मा
- विमला तुम्खेवा
- विवश पोख्रेल
- विष्णुकुमार भट्टराई
- डा. विष्णु केसी
- शशी थापा पण्डित
- डा. शैलेन्दुप्रकाश नेपाल
- श्रवण मुकारुङ
- सञ्जीव पौडेल
- सन्तोष बोहोरा
- सन्ध्या पहाडी
- सीमा पुरी
- सुनीता खनाल
- सुन्दर कुरूप
- सुन्दर मानन्धर
- सूर्य लाकोजु
- सुरेन्द्र अस्तफल
- सोझो गाउँले
- हयग्रिव आचार्य
- हरिकृष्ण काफ्ले
- हरिप्रसाद दाहाल
- हर्क खडायत
- हेमन्त विवश ।