कोरोनाको तेश्रो लहर ब्ल्यक फङ्गस अक्सिजेन सिलेण्डर संकलनमा सावधानी आवश्यक
भद्रपुर । भारतमा ब्ल्याक फङ्गसका रुपमा कोरोनाको तेश्रो लहर देखापरेको छ । भारतमा केही राज्यले यसलाई महामारी घोषणा गरेका छन् ।
भारतमा पछिल्लो समय कोरोना सङ्क्रमणपछि निको भएकाहरुमा यो समस्या तीव्र गतिमा फैलिन थालेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । अक्सिज्न सिलेण्डरको दुरुपयोगबाट यो रोग फैलिएको आशंका भारतीय चिकित्सा बिज्ञहरुको रहेको छ । बिज्ञहरुको भनाई अनुसार, मुख्यगरी अक्सिजेन सिलेण्डर दुई प्रकारका हुन्छन् । एक औद्योगिक प्रयोजनका लागि र दोश्रो चिकित्सा अर्थात् उपचार प्रयोजनका लागि । ‘अक्सिजेनको हाहाकार हुँदा त्यसको ख्याल गरिएन । औद्योगिक प्रयोजनका लागि तयार रहेका र प्रयोग गरिएका खाली सिलेण्डरमा पनि अक्सिजेन भरेर संक्रमितको उपचारमा प्रयोग गरियो । ब्ल्याक फङ्गसको श्रोत त्यहीबाट उब्जियो’ भन्ने आशंका भारतीय चिकित्सक बिज्ञहरुको भनाई छ ।
हाल नेपालमा अक्सिजेनका खाली सिलेण्डर संकलन गर्ने, भर्ने र सिलेण्डर ल्याउने काम जोडतोडले भइरहेको छ । यो अवस्थामा भारतीय बिज्ञहरुको भनाइलाइ उच्च प्रथमिकता दिन जरुरी देखिन्छ । चिकित्सा प्रयोजनका लागि प्रयोग हुने अक्सिजेन सिलेण्डर मात्र सकलन,भर्ने र ल्याउने गरौं ।