कोरोना अस्पतालको बेवारिसे लास उठ्यो (भिडियो सहित)

भद्रपुर । भद्रपुरस्थित मेची अस्पतालमा गएराति कोरोनाका कारण मृत्यु भएका व्यक्तिको लास करिव १२ घण्टापछि नेपाली सेनाको टोलीले दाहसंस्कारका लागि लगेको छ ।

अस्पतालको बेडमै मृत्यु भएका ती व्यक्तिको आफन्त संगै हुँदा समेत बेवारिसे रुपमा रहेपछि त्यहा उपचाररत विरामीले नयाँ सन्दर्भ डट कमलाई खवरगेपछि प्रशारित समचारले लास उठ्न सहयोग मिलेको हो ।

पाँचथरबाट उपचारका लागि जेठ ५ गते कोरोना उपचार अस्पतालमा ल्याईएका ६० वर्षीय कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको थियो । उनको मृत शरीर उपचारका लागि राखिएको बेडमै बेवारिसे हालतमा रहिरहेको त्यहाँ उपचाररत एक विरामीले जानकारी दिएपछि नयाँ सन्दर्भ डट कम अनलाइन भिडियो सहित खवर छापिएको थियो ।

भिडियो…….