भद्रपुर स्थित कोरोना अस्पतालका विरामीको चित्कार खाना नपाइ मर्ने भयौं (भिडियो)

भद्रपुर । भद्रपुर स्थित कोरोना विशेष अस्पतालमा उपचारमा रहेका विरामीहरूले समयमा खाना खान नपाँउदा रोगबाटभन्दा भोक बाट मर्ने अवस्था आएको भन्दै ज्यान बचाइदिन अपील गरेका छन् ।

रोगसित लड्न अतिआवश्यक खानपान व्यवस्थापकीय कामजोरीले समयमा पाउन नसकिने अवस्थाका कारण अस्पतालमा उपचाररत विरामीले रोगबाटभन्दा भोकले मर्नु पर्ने अवस्था आएको भन्दै भिडियो मार्फत सार्वजनिक अपील गरेका हुन् ।

कोभिड १९ संक्रमणले सिकिस्त भएका विरामी मात्र उपचारका लागि पुग्ने गरेको कोरोना विशेष अस्पताल व्यवस्थापकीय लापरवाहीले अस्तव्यस्त भोक सहेर बस्न नसकिने अवस्थामा पुगेको विरामीहरूले फेसबुक मार्फत सार्वजनिक गर्न थालेका छन् ।

अस्पतलमा रहेका विरामीहरूका अनुसार कोभिड १९ उपचार अस्पतालमा विहानको नास्ता ९ वजेपछाडि आइपुग्ने गरेको छ भने खाना मध्यान्न १२ वजेपछि आउने गर्दा खानपानको समय अनियमित हुने कारण विराम निको हुन समय लाग्ने अवस्था छ । विरामीहरूका लागि खाने, बस्ने व्यवस्थापन कमजोर रहेको अस्पतालमा उचित सरसफाई र पोषणयुक्त खानाको व्यवस्थापन कमजोर छ । अस्पतालमा रहेका विरामीहरूले भिडियो मार्फत रोगबाट छिटो छुट्कारा पाउन समयमा खाना पाउने वातावरण बनाइदिन सरोकारवालासित आग्रह गरेका छन् । उनीहरूले रोगबाट होइन भोकबाट मनु पर्ने बाध्यकारी अवस्था अन्त्यको माग समेत गरिरहेका छन् । यसै गरी समयमा विरामीले खवर गर्दा स्‍वास्थ्य कर्मी नआएको समेत गुनासाे रहेकाे छ ।

भिडियो…….