मृत शरीर नउठाउँदा खतरा बढ्यो (भिडियो सहित)

भद्रपुर । भद्रपुरस्थित मेची अस्पतालमा हिजो राति मृत्यु भएको मृतदेह नउठाएकोले त्यहाँ उपचारार्थ कोरोना संक्रमित त्रसित बनेका छन् । पाँचथरबाट उपचारका लागि ५ गते ल्याईएका ६० बर्षिय कोरोना संक्रमित पुरुषको गए राति मृत्यु भएको थियो । उनको मृत शरीर उपचारकालागि राखिएको बेडमै वेवारिसे हालतमा रहिरहेको छ ।

मृत शरीरको व्यवस्था नगरिएकाले त्यहा कार्यरत स्वास्थ्यकर्मी लगायत कोरोना रोगी र अरु ब्यक्तिहरुका लागि खतरा बढेको छ ।